जापान

जापानमा नेपाली राहदानी ६६ पृष्ठको हुने, शुल्क ३१ हजार येन

जापानका लागि नेपाली दूताबास टोकियोले सो मुलुकमा रहेका नेपालीहरुलाई उपलब्ध गराउँदै आएको राहदानीको पृष्ठसंख्या बढाउनुका साथै सो वापतको शुल्कमा पनि परिवर्तन गरेको छ ।

दूतावासले फेब्रुअरी १२ बुधबार एक सार्वजनिक सूचना जारी गरी हाल उपलब्ध भैरहेको ३४ पृष्ठका राहदानी ६६ पृष्ठको गरिएको र सो वापतको शुल्क ३१ हजार येन तोकिएको जनाएको छ ।

यसै गरी दूतवासले हराएको, च्यातिएको, केरमेट भएको वा अन्य कारणले राहदानी प्रयोग गर्न नसकिने भएको ३४ पृष्ठको राहदानी नवीकरण शुल्क ३५ हजार येन तोकेको छ ।

दूतावासका अनुसार कुनै पनि कारणबाट प्रयोग गर्न नसकिने अवस्थामा रहेको नाबालिकको ३४ पृष्ठको राहदानी नवीकरण शुल्क १८ हजार येन तोकिएको छ ।

त्यस्तै हराएको, च्यातिएको, केरमेट भएको वा अन्य कारणले राहदानी प्रयोग गर्न नसकिने भएको ६६ पृष्ठको राहदानी नवीकरण शुल्क ४६ हजार येन तोकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.