राजनीति

प्रत्यक्ष निर्वाचन कार्यकारी अबको एजेण्डा : प्रचण्ड

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा लिएर अघि बढेको बताउनुभएको छ ।

शुक्रबार माओवादी केन्द्र जिरी नगरपालिका, दोलखाको तेस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले त्यतिबेला संविधान बनाउनैपर्ने बाध्यताका कारण आफ्ना मुद्दाहरूलाई फरक मतको रुपमा राखेर सम्झौतामा अघि बढेको भए पनि अब प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा अघि बढाउने बताउनुभएको हो

प्रमुख प्रतिपक्षी दलका नेता रहनुभएका प्रचण्डले सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमाले संविधानप्रदत्त जनताका अधिकार उल्ट्याउन केन्द्रित रहेको आरोप पनि लगाउनुभएको छ ।

कांग्रेस र एमालेले संविधानको प्रस्तावना र धारा उपधारामा माओवादी नै माओवादी देख्ने गरेका कारण उनीहरु संविधान संशोधन होइन, कुनै पनि बहाना गरेर यो संविधान उल्ट्याउन चाहन्छन् ।

दुई दुई पटक संविधान मिचेर संसद विघटन गरेको घटना यसकै उपज रहेको स्मरण गराउँदै उहाँले अहिले पनि यही प्रवृत्ति र प्रयास नरोकिएको दावी गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले आफूलाई सरकारबाट हटाउँदा संविधान संशोधनलाई मुख्य एजेण्डाको रुपमा अघि सारिएको भए पनि अहिले आएर प्रधानमन्त्रीले नै २०८७ मा मात्रै संविधान संशोधन हुने भन्न थालेबाट उनीहरु संविधान संशोधनमा इमान्दार छैनन् भन्ने देखिएको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.