जन सरोकार
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बैतडी पाटन नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-९ गौशाला बस्ने ३० वर्षीय बिनोद पन्तलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
![pakrau](https://www.nepaljapan.com/wp-content/uploads/2024/02/pakrau-1.jpg)
बैंकिङ कसुर मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं पुतलीसडकबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्