राजनीति
पार्टीभित्रको गुट उपगुटलाई रुपान्तरण अभियानले हटाउँछ : उपाध्यक्ष श्रेष्ठ
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्रको गुट उपगुट तथा व्यक्तिवादको समस्या रुपान्तरण अभियानबाट हल गर्ने बताउनुभएको छ ।
![उपप्रधानमन्त्री श्रेष्ठ उपप्रधानमन्त्री श्रेष्ठ](https://www.nepaljapan.com/wp-content/uploads/2023/08/narayankaji-2-e1692973359548.jpg)
प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनले शुक्रबार चितवनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा पार्टीलाई रुपान्तरण र एकताबद्ध ढङ्गले अघि बढाउन सकिने बताउनुभयो । उहाँले माओवादी केन्द्रलाई बलियो बनाउँदै देशको आर्थिक समृद्धि र विकासको प्रक्रियामा फड्को मार्न सकिने उल्लेख गर्नुभयो ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकारको टिका टिप्पणी गरेर समय खेर नफाल्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्