जन सरोकार
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
दोलखा, भिमेश्वर नगरपालिका-३ बस्ने बिजय लामाको लामा भान्सा होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ बस्ने ३४ वर्षीय सागर थापा समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखा र प्रहरी चौकी सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार ९ सय ९० रूपैयाँ, १ बुक तास र १३ थान मोबाइल सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्