जल/वातावरण

दक्षिणकालीको वनमा डढेलो, नियन्त्रणको प्रयास जारी

काठमाडौँको दक्षिणकालीको वन क्षेत्रमा डढेलो फैलिएको छ । अहिले नगर प्रहरी, जनपथ प्रहरी तथा स्थानीय उपभोक्ता आगो निभाउन खटिएका छन् ।

दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले बुधबार साँझ ४, ५ बजेदेखि डढेलो लागेको बताउनुभयो । उहाँका अनुसार डढेलो निभाउने प्रयास गरिए पनि पूर्ण रुपमा निभाउन सकिएको छैन ।

हालसम्म नगरपालिकाको वडा नं ४, ३ र १ को जङ्गल क्षेत्रमा डढेलो फैलिएको र यसले ३० हेक्टर भन्दा बढी वनक्षेत्र जलिसकेको बताउनुभयो ।

नगरप्रमुख बस्नेतले भन्नुभयो, “हिजो भन्दा डढेलो केही नियन्त्रणमा आएको छ तर ठूटामा सल्किएको आगो फेरि फैलिने डर कायमै छ ।” उहाँले सडक मार्गले काटेको क्षेत्र भएकाले बस्तीमा आगो सल्किने सम्भावना हाललाई टरेको बताउनुभयो । वडा नं ४ बाँसबारी क्षेत्रबाट आगो फैलिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.