प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोर्कापण
प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ । शनिबार आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा पुस्तकक लोकार्पण गरिएको हो ।

समारोहमा प्रधानमन्त्री ओली, लेखक शाक्य, नेकपा (एमाले)का उपसचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र बौद्ध भिक्षुणी एवं गायिका आनी छोइङ डोल्माले उक्त पुस्तक लोर्कापण गरिएको हो ।
प्रधानमन्त्री ओली र धर्मपत्नी शाक्यको ३७औँ वैवाहिक वर्षगाँठका अवसरमा आज प्रर्दशनीमार्गस्थित राष्ट्रियसभागृहको हलमा उक्त पुस्तक लोर्कापण गरिएको हो ।
पाणिनी बुक्स प्रालिद्वारा प्रकाशित उक्त पुस्तकको लोर्कापण समारोहमा मन्त्रीहरु एवंम उच्च पदस्थ व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
लेखक शाक्यले आत्मकथामा आफ्नो दृष्टि, भोगाई र अनुभूतिसँगै प्रधानमन्त्री ओलीको सङ्घर्ष, कठिनाई, सफलता र समाजसेवाका विषय समेटिएको बताउनुभयो ।
पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर र जीवनका विविध उकालीओराली तथा नेकपा ९एमाले०का तत्कालीन नेता ओलीसँग विवाह सम्बन्धमा बाँधिएपछिका अनेक यात्राहरुबारे उल्लेख छ ।
“न म साहित्यकार, न लेखिका हुँ । त्यहि पनि मनमा लागेका आफ्ना बिचारहरु कहिलेकाही लेख्ने गर्थे । त्यही सङ्ग्रलाई आज पुस्तकका रुपमा ल्याएको छु” ।
शाक्यले भन्नुभयो, “म बाल्यकालदेखि नै गरिब, दुःखी, रोगी असहायलाई देखेपछि चिन्तित हुन्थे । मैले प्रधानमन्त्री ओली, तत्कालीन समयको केपीसँग को विवाह पनि त्यहि करुणाले गरे ।”
प्रधानमन्त्री ओली र धर्मपत्नी शाक्यबीच २०४४ साल आजकै दिन विवाह भएको थियो । त्यसवसरमा पाणिनी बुक्स प्रालिद्वारा अभिनन्दन पत्र समेत हस्तान्तरण गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्