पाँच सय र एक हजारका नोटमा प्रतिबन्ध लगाउन माग
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न रु पाँच सय र रु एक हजारका नोटमा प्रतिबन्ध लगाउनुपर्ने धारणा राख्नुभएको छ ।

आइतबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद केसीले मुलुक भ्रष्टाचारको सूचकाङ्कमा एक श्रेणी अघि बढेको भन्दै यसले वित्तिय व्यवस्थामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय जनतमा मुलुकको साख कमजोर बनाउने बताउँदै सो माग राख्नुनुभएको हो ।
उहाँले विश्सनीयता कायम गर्न अहिलेसम्म भ्रष्टाचार काण्डको छानबिनका लागि पूर्वप्रधानन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गरी छानबिन गर्नुपर्ने माग गर्नुभयो ।
यसै गरी सांसद असिम साहले संयुक्त अधिराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई दिने अनुदानलाई ठगी भनेपछि प्रश्न उठेको तथा एमसिसीको अनुदान नै रोक्का गरेपछि यसको निरन्तरताका बारेका सरकारबाट हालसम्म केही प्रतिक्रिया नआएको भन्दै स्पष्ट धारणाको माग गर्नुभयो ।
अर्का सांसद गणेश पराजुलीले सङ्घीय सरकारले स्थानीय तहको काममा अवरोध खडा गर्न नहुने र स्थानीय सरकारको कामकारबाहीलाई हस्तक्षेप गर्न नहुने बताउनुभयो । सांसद चन्दा कार्की भण्डारीले स्वतन्त्र न्यायिक आयोग गठन गरेर ३५ वर्षदेखिका भ्रष्टचारका घटनाको अध्ययन, अनुसन्धान र छानबिन गर्नुपर्ने माग गर्नुभयो ।
सांसद छिरिङ ल्हामुलामा (तामाङ)ले सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार रोख्ने खालका कानुन बनाए पनि त्यसको कार्यान्वयन प्रभावकारी नभएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद जीवन परियारले कोभिड–१९ ले विश्वलाई आतङ्कित बनाएको बेलामा १७ लाख नागरिकले बिमा गरे पनि त्यसको भुक्तानी आजसम्म हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्