अर्थ
पाँच सयले बढ्यो सुनको मूल्य, आज कति छ तोलाको ?
स्थानीय बजारमा आज सुनको मूल्य तोलाको रु एक लाख ७० हजार ८०० कायम भएको छ ।

आइतबार प्रतितोला रु एक लाख ७० हजार तीन सयमा खरिदबिक्री भएको सुन आज रु पाँच सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यता चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा एक हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेता तोलामा एक हजार ९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्