जन सरोकार
बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपलिका-२५ घर भई काठमाडौं महानगरपालिका-२२ गणबहाल पिपलबोट बस्ने २१ वर्षीय उज्जवल रौनियार र मकवानपुर भीमफेदी गाउँपलिका-२ घर भई काठमाडौं महानगरपालिका-४ सुकेधारा बस्ने ४० वर्षीय संजिव कुमार बल रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत पर्साबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उज्जवललाई काठमाडौं बबरमहलबाट शुक्रबार र जिल्ला अदालत बाँकेबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका संजिवलाई काठमाडौं सुकेधाराबाट शनिबार पक्राउ गरेको हो ।
पक्राउ मध्ये उज्जवललाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा र संजिवलाई जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्