राजनीति

झापाबाट माओवादीको तराई–मधेस जागरण अभियान सुरु

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जनतासँग माओवादी तराई–मधेस जागरण अभियान सोमबारदेखि झापाबाट सुरु भएको छ ।

झापाको कचनकवल गाउँपालिकाको बनियानीस्थित हुकाहुकी चोकबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभियानको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले यो अभियान ऐतिहासिक भएको बताउनुभयो । उहाँले अभियानले पूर्वदेखि पश्चिमसम्मका सबै जातजाति, धर्म र सम्प्रदायलाई एकीकृत गर्ने अपेक्षा रहेको बताउनुभयो ।

पार्टीका अर्का उपमहासचिव जनार्दन शर्माले जनताको कुरा सुन्ने, दुःख, सुख बाँड्ने र उत्पीडनमा परेकाको अन्त्य गर्ने उद्देश्यले अभियान थालिएको बताउनुभयो ।

उहाँले विगतमा पार्टीले गरेको कमीकमजोरीलाई पाँच महिनासम्म स्थानीय तहदेखि केन्द्रसम्म छलफल गरेर सङ्कल्पसहित जनतामा जाने निर्णय गरेर अभियान सञ्चालन गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.