अर्थ

सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?

स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा रु पाँच सयले वृद्धि भएको छ ।

सोमबार प्रतितोला रु एक लाख ७० हजार आठ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ७१ हजार तीन सय निर्धारण भएको छ । यसअघि छापावाल सुनको मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो ।

यता, चाँदीको मूल्य भने तोलामा रु १५ ले घटेको छ । सोमबार प्रतितोला रु एक हजार नौ सय ८५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय ७० निर्धारण भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.