क्रिकेटखेल

रचिन रविन्द्रको शतकमा न्युजिल्यान्डको लगातार दोस्रो जित, बंगलादेश पाँच विकेटले पराजित

पाकिस्तान र बंगलादेश समूहचरणबाटै बाहिरिए

रचिन रविन्द्रको शतकमा च्याम्पियन्स ट्रफी क्रिकेटमा न्युजिल्यान्डको लगातार दोस्रो जित हासिल गरेको छ । सोमबार भएको खेलमा बंगलादेशलाई पाँच विकेटले पराजित गर्दै न्युजिल्यान्डले प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो ।

च्याम्पियन्स ट्रफी

न्युजिल्यान्ड विजयी भएसंगै आयोजक पाकिस्तान र बंगलादेश समूहचरणबाटै बाहिरिएका छन् । यसअघिका दुवै खेलमा पराजित पाकिस्तान र बंगलादेश अन्तिम खेल अगावै प्रतियोगिताबाट बाहिरिएका हुन् । यो सँगै समूह ‘ए’ बाट भारत र न्युजिल्यान्ड एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पाकिस्तानको रावलपिन्डीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनाएको थियो । उसका लागि कप्तान नजमुल होसेन सान्तोषले सर्वाधिक ७७ रनको अर्धशतकीय पारी खेले भने जकिर अलीले ४५ रन बनाए ।

त्यस्तै रिसद होसेनले २६ रन जोड्दा तानजिद हसनले २४, मेहिदी हसन मिराजले १३ र तास्किन अहमेदको १० रन बनाए । न्युजिल्यान्डका लागि माइकल ब्रासवेलले चार विकेट लिए भने विल औरौकले दुई विकेट लिंदा र म्याट हेनरी तथा क्याली जेमिसनको भागमा समान एक-एक विकेट रह्यो ।

बंगलादेशले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले २३ बल बाँकी हुँदै पाँच विकेट गुमाएर पूरा गर्यो । न्युजिल्यान्डको रचिन रविन्द्रले १०५ बलको सामना गर्दै १२ चौका र १ छक्का प्रहार गर्दै १ सय १२ रनको शतकीय पारी खेले भने टोम लाथमले ५५ रनको अर्धशतकीय इनिङ खेलव ।

यस्तै डेभन कनवेले ३० रन जोड्दा ग्लेन फ्लिप्स २१ र माइकल ब्रासवेल ११ रनमा अविजित रहे । बंगलादेशका लागि तस्किन अहमद, नहिद राना, मुस्ताफिजुर रहमान र राशिद हुसेनले समान एक-ekविकेट लिए । प्रतियोगितामा आज अस्ट्रेलिया र दक्षिण अफ्रिका नेपाली समू अनुसार पौने ३ बजे भिड्दै छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.