जन सरोकार

मृत अवस्थामा तीन जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । झापा, दमक नगरपालिका-१ मामाचोक बस्ने ६५ वर्षीय दिल बहादुर लिम्बु आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैयास्थित प्रतिक्षालयको छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस्तै दार्चुला, शैल्यशिखर नगरपालिका-९ बस्कोटस्थित चमलिया नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.