बालेनसंग प्रधानमन्त्रीले सिंगौरी खेल्न मिल्छ ? (भिडियोसहित)
प्रतिनिधिसभा सदस्य सांसद ज्ञानबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र (बालेन) साहसंग सिंगौरी खेलेको आरोप लगाउनुभएको छ ।

सभाको मंगलबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद शाहीले सरकारले काठमाडौं महानगरपालिकामा साँढे दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नपठाएर अन्याय गरेको बताउनुभयो ।
उहाँले भन्ने बेलामा गाउँगाउँमा सिंहदरबार पुग्यो भनेर भाषण गर्ने, तर यथार्थमा गाउँमा सिंह मात्र छिरेकको दरबार छिर्नै नसकेको भन्दै तत्काल कामपामा कार्यकारी अधिकृत पठाउन माग गर्नुभयो ।
सरकारले कामपा लगायत अधिकांश स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउन नसकेको र कतिपय पालिकाका कर्मचारीले तलब पाउन नसकेको भन्दै तत्काल कर्मचारी पठाउन माग गर्नुभयो ।
यसै गरी उहाँले चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत स्थानीय तहका लागि विनियोजन भएको वित्तीय समानीकरण अनुदान अर्धवार्षिक समीक्षापछि कटौती गरिएकामा आपत्ति जनाउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्