इंग्ल्यान्ड च्याम्पियन्स ट्रफी क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । बुधबार भएको खेलमा अफगानिस्तानसंग आठ रनले पराजित हुँदै इंग्ल्यान्ड समूह चरणबाटै बाहिरिएको हो ।

अन्तर्गत समूह ‘बी’ को खेलमा इङ्ल्यान्डको यो लगातार दोस्रो हार हो भने अफगानिस्तानको पहिलो जित । पाकिस्तानको लाहोरस्थित गद्दतफी क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २५ रन बनायो ।
अफगानिस्तानको लागि इब्राहिम जादरानले १ सय ४६ बलमा १२ चौका र ६ छक्का प्रहार गर्दै १ सय ७७ रनको शतकीय पारी खेले भने कप्तान हसमतुल्लाह साहीदीले ४० रन बनाए । त्यस्तै अज्मतुल्लाह ओमरजाइले ४१ रन जोड्दा त्यस्तै मोहम्मद नावीले ४० रन बनाए ।
इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले तीन विकेट लिंदा लियम लिभिङ्स्टोनले दुई विकेट लिए भने जामि ओभरटन र अदिल रसिदको भागमा समान एक-एक विकेट रह्यो । अफगानिस्तानले प्रस्तुत गरेको ३सय २६ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड४९.५ ओभरमा सबै विकेट गुमाउँदै ३ सय १७ रन मात्र बनाउन सक्यो ।
इङ्ल्यान्डका लागि जो रुटले १ सय ११ बलमा ११ चौका र एक छक्काको मद्दतले सर्वाधिक १ सय २० रनको शतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै कप्तान जोस बटलर र बेन डकेटले समान ३८-३८ रन जोड्दा जेमी ओभरर्टनले ३२, ह्यारी ब्रुकले २५ र फिल साल्टले १२ रन बनाए ।
अफगानिस्तानका लागि अज्मतुल्लाह ओमरजाइले पाँच विकेट लिंदा मोहम्मद नाबीले दुई विकेट लिए भने फैजल हक फारुकी, गुलबदीन नैब र राशिद खानको भागमा समान एक-एक विकेट रह्यो । पहिलो जितसँगै दुई खेलमा दुई अंक जोडेको अफगानिस्तानले सेमिफाइनल सम्भावना कायमै राखेको छ ।
प्रतियोगिता अन्तर्गत आज नेपाली समय अनुसार पौने तीन बजे पाकिस्तान र बंगलादेश भिड्दै छन् ।
प्रतिक्रिया राख्नुहोस्