अर्थ
दुई सयले घट्यो सुनको मूल्य, आज कति छ तोलाको ?
स्थानीय बजारमा आज सुनको मूल्य तोलाको रु एक लाख ७० हजार ३०० कायम भएको छ ।

बुधबार प्रतितोला रु एक लाख ७० हजार पाँच सयमा खरिदबिक्री भएको सुन आज रु दुई सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यता चाँदीको मूल्य भने बढेको छ । बुधबार तोलामा एक हजार ९४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा एक हजार ९४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्