यस्तो छ- उर्जा मन्त्रालयलाई कुलमानले बुझाएको स्पष्टीकरण (पूर्णपाठसहित)
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा मन्त्रालयसमक्ष स्पष्टीकरण बुझाउनु भएको छ । उहाँले आज उर्जा मन्त्रालयसमक्ष स्पष्टीकरण बुझाउनु भएको हो ।

घिसिङलाई गत बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । पाँच पेज लामो स्पष्टीकरणमा उहाँले आफूलाई मन्त्रिपरिषद्को निर्णय बमोजिम नियुक्त भएकोले आफूलाई प्रष्टीकरण सोध्ने र हटाउने अधिकार समेत मन्त्रिपरिषद्कै भएको भन्दै आफूलाई सेवाबाट हटाउने विषयमा स्पष्टीकरण सोध्ने र कारबाही गर्ने अधिकार मन्त्रालयलाई नभएको उल्लेख गर्नु भएको छ ।
नेपाल–भारत विद्युत् आदानप्रदान समिति (पावर एक्सचेन्ज कमिटी)को १६ औँ बैठकमा १३२ केभीमार्फत आयात हुने विद्युत्का लागि १ दशमलव ५ प्रतिशत र ३३ केभीमार्फत आयात हुने विद्युत्का लागि १ दशमलव ६५ प्रतिशत महसुल बढाउन सहमति गरेको उहाँमाथि आरोप छ ।
यस पटक ऊर्जा मन्त्री दीपक खड्काले मन्त्री स्तरीय निर्णय गरेर कुलमानलाई स्पष्टीकरण सोध्दै आन्तरिक तथा बाह्य भ्रमण, काज र बिदाका विषयमा प्रश्न सोध्नुभएको थियो ।
यस्तै यसअघि मन्त्री स्तरमै निर्णय भई पुस २२ गते र पुस २८ गते सोधिएका दुई स्पष्टीकरणमा कुलमानले पेस गरेका स्पष्टीकरण वस्तुगत र चित्तबुझ्दो नभएको मंगलबारको स्पष्टीकरणमा उल्लेख छ ।
उहाँले मन्त्रालयले कार्यप्रगतिको सम्बन्धमा आफ्नो नियुक्ति पश्चात्को प्रगतिको सूचकाङ्क हेर्न सुझाउँदै सूचकले नै आफ्नो प्रगति उजागर गर्ने बताउनुभएको छ । त्यस्तै उहाँले आव २०८०-८१ को कार्यसम्पादनको मूल्याङ्कन नै नगरी स्पष्टीकरण माग गरिएको विषय आफैमा अपरिपक्व र अनुचित रहेको समेत बताउनुभएको छ ।
यस्ताे छ कुलमानले मन्त्रालयलाई बुझाएको स्पष्टीकरण :
प्रतिक्रिया राख्नुहोस्