जन सरोकार

सिन्धुपाल्चोक भूकप अपडेट : कहाँ-कहाँ भयो क्षति ?

शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्पबाट भएको क्षतिको विवरण जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सङ्कलन गर्ने क्रम जारी रहेको जनाएको छ ।

भूकम्पका कारण सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी बन्दी घाइते भएका छन् । भूकम्प आएपछि भाग्ने क्रममा उनी घाइते भएका हुन् । घाइतेको उपचार भइरहेकोछ सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिनुभयो ।

त्यस्तै इलाका प्रहरी कार्यालय गोदारीको भवन चर्किएको छ भने जिल्लाको भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा सुख्खा पहिरो गएको छ । त्यस्तै सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले सुरक्षाकर्मीको टोली तयारी अवस्थामा रहेको र आवश्यकता अनुसार फिल्डमा खटिएको बताउनुभयो । भूकम्पको धक्का काठमाडौँसहित देशका विभिन्न स्थानमा महसुस भएको जानकारी प्राप्त भएको छ ।

बिहानको भूकम्प पछि यो समाचार तयार पार्दा सम्म २३ वटा परकम्प गएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.