जन सरोकार

नेपालपछि पाकिस्तानमा गयो भूकम्प, चार देशमा भूकम्पको धक्का महसुस

शुक्रबार नेपालसहित चार देशमा भूकम्पको धक्का महसुस गरिएको छ । यी भूकम्पहरू नेपाल, भारत, पाकिस्तान र तिब्बतमा तीन घण्टा भित्र महसुस गरिएका थिए।

नेपालमा शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । नेपालको भूकम्पको धक्का तिब्बतदेखि बिहारको पटनासम्म महसुस गरिएको थियो ।

नेपाल प्रहरीका डीआईजी दिनेश कुमार आचार्यले आज बिहान गएको भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षति भएको विवरण अहिलेसम्म प्राप्त नभएको बताउनुभयो ।

त्यसै गरी उहाँले भूकम्पको केन्द्रबिन्दुमा रहेको भौतिक पूर्वाधारमा पनि ठूलो क्षति भएको जानकारी यो समाचार तयार पार्दासम्म नआएको बताउनुभयो ।

त्यस्तै भारतीय भूकम्प एजेन्सी राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार शुक्रबार बिहान ५:१५ बजे पाकिस्तानमा ४.५ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.