जन सरोकार

अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

झापा, भद्रपुर नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १३ मिलिग्राम सहित सोही नगरपालिका-९ विकासटोल बस्ने २६ वर्षीय दिपेन्द्र खापुङ्लाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.४ प ५९९७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.