राजनीति

अवतरण गर्न नसकेपछि परराष्ट्रमन्त्री सवार विमान कोलकाता डाइभर्ट

खराब मौसमका कारण परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सवार विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि कोलकाता डाइभर्ट गरिएको छ ।

सगरमाथा संवादको तयारी भइरहेको छ : परराष्ट्रमन्त्री

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार परराष्ट्रमन्त्री देउवा कतार एयरबाट काठमाडौं आउँदै हुनुहुन्थ्यो । उहाँ सवार विमान काठमाडौं ल्याण्ड हुन नसकेपछि कोलकाता डाइभर्ट गरिएको हो ।

त्यसो त शुक्रबार प्रतिकुल मौसमका कारण काठमाडौंबाट हवाई सेवा प्रभावित भएको छ । विमानस्थल कार्यालयका अनुसार भिजिबिलिटी कमजोर हुँदा कैयौँ हवाई उडान प्रभावित भएका छन् ।

कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दोहाबाट काठमाडौंका लागि आएका कतार एयरवेजका क्यूआर ६५२ जहाज कोलकाता डाइभर्ट गरिएको छ ।

त्यसबाहेक मलेसियाबाट आएको नेपाल एयरलाइन्स र एयर चाइनाका विमान पनि डाइभर्ट भएका छन् । मौसमकै कारण सिचुआन एयरलाइन्सको उडान रद्द भएको छ ।

कार्यालयका अनुसार  खराब मौसमका कारण  काठमाडौंबाट हुने आन्तरिक उडान पनि प्रभावित हुनुका साथै अधिकांश उडान डिले भएका छन् ।

शुक्रबार काठमाडौं–पोखरा, काठमाडौं–भरतपुर, काठमाडौं–नेपालगञ्ज, काठमाडौं–राजविराज, काठमाडौं–विराटनगर, काठमाडौं–जनकपुर, काठमाडौं–भद्रपुर, काठमाडौं–भैरहवालगायतका केही उडान रद्द भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.