जन सरोकार
जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
नुवाकोट, लिखु गाउँपालिका-४ चौघडा बस्ने ३९ वर्षीया सरस्वती भट्टराईको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-४ बस्ने ५७ वर्षीय राजाराम थपलिया समेत १२ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार ५ सय ७० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्