जन सरोकार
मृत अवस्थामा तीन जना फेला
मृत अवस्थामा देशका विभिन्न स्थानबाट तीन जना फेला परेका छन् । सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका-६ बस्ने ४० वर्षीया सरू पहरी सुनकोशी गाउँपालिका-७ स्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लामोसाँघुको सुनकोशी ड्याममा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यस्तै संखुवासभा, खाँदबारी नगरपालिका-८ आदर्शटोल पोख्रेलगाउँ बस्ने ३० वर्षीया यम कुमारी ढकाल घर नजिकै बाटोमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस्तै रूपन्देही, शुद्धोधन गाउँपालिका-२ पेडरवा भाटा बस्ने ३२ वर्षीया रिता देवी लोध सोही ठाउँस्थित पोखरीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्