कोशीप्रदेश

‘विकास र समृद्धिका लागि रणनीतिक योजना आवश्यक’

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रणनीतिक योजना बनाएर नेपालको पर्यटन क्षेत्रमा लगानी गरे मुलुकले छिट्टै नै विकास र समृद्धि हासिल गर्ने बताउनुभएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सभा हलमा आइतबार आयोजित कार्यक्रममा नेपाल उद्योग तथा व्यवसायी महासङ्घ कोशी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले भत्रुभयो, “यस प्रदेशमा पर्यटनको प्रचुर सम्भावना र अवसर छ, यसलाई समयमै उपयोग गर्न सक्नुपर्छ ।”

छिमेकी मुलुक भारत र चीनको जनसङ्ख्यालाई ध्यानमा राखेर यहाँ धार्मिक पर्यटकीयस्थलमा लगानी गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । “पर्यटक हाम्रा पाहुना मात्र नभएर पुँजी निर्माणका आधार पनि हुन्”, उहाँले भन्नुभयो ।

“नेपाल शान्तिप्रिय र सुरक्षित रहेको सन्देश दिन सक्यौँ भने हामी सहजै समृद्धितर्फ अगाडि बढ्न सक्छौँ”, मुख्यमन्त्री कार्कीले भत्रुभयो । उहाँले प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलन सफल पार्न आह्वान गर्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग तथा व्यवसाय महासङ्घ कोशी प्रदेश कमिटीका नवनिर्वाचित अध्यक्ष माधवराज  थापाले उद्योगी–व्यापारीका विविध समस्याबारे आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.