जन सरोकार

लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी

सोलुखुम्बु,जिल्लाको लिखुपिके गाउँपालिकाको कार्यालय भएको घरमा आगलागी भएको छ । गाउँपालिका–३ काफ्लेचौरस्थित कार्यालय भवनमा आइतबार दिउँसो आगलागी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार बिजुलीको तार चुहिएर आगलागी हुँदा दुईतले घर जलेर नष्ट भएको छ । स्थानीय रुद्रबहादुर खत्रीको ढुङ्गा, माटो र टिनको छानो भएको सो घरमा गाउँपालिकाको प्राविधिक शाखा, स्टोर र प्रधानमन्त्री रोजगार शाखा रहेका थिए ।

प्रहरी चौकी चौलाखर्कबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोली र स्थानीयबासीको सहयोगमा आगो निभाउन सफल भएको घिमिरेले बताउनुभयो । आगलागी हुँदा ग्यास सिलिण्डरसमेत विस्फोट भएपछि आगो थप फैलिएको उहाँले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको बताउनुभयो । यद्यपि गाउँपालिकाको सरकारी दस्तावेज भने जलेर नष्ट भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.