जन सरोकार

झापा र बागलुङबाट विभिन्न धनमाल चोरी

झापा र बागलुङबाट विभिन्न धनमाल चोरी भएको छ । झापा, अर्जुनधारा नगरपालिका-६ दासपुल बस्ने लक्ष्मी संग्रौलाको घरबाट ९ तोला बराबरको सुनका विभिन्न गरगहना र ३ तोला चाँदी गरी करिब १५ लाख रूपैयाँ बराबरको धनमाल बिहीबार बिहान चोरी भएको छ ।

त्यस्तै बागलुङ, गलकोट नगरपालिका-४ ओखरबोट बस्ने ३६ वर्षीया देउरूपा न्यौपानेको घरबाट ५ तोला बराबरको सुनका विभिन्न गरगहना, मोबाइल १ थान र नगद १२ हजार रूपैयाँ शुक्रबार साँझ चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.