काठमाडौंका आधादर्जन क्षेत्रमा दुई महिनासम्म निषेधाज्ञा
सरकारले राजधानी काठमाडौंको आधादर्जन क्षेत्रमा दुई महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शन गर्न नपाइने जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले फागुन २५ गते आइतबारदेखि लागू हुने गरी राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन वरपरका क्षेत्रमा दुई महिना निषेधाज्ञा जारी भएको जनाएको छ ।
प्रशासनले निषेधाज्ञा जारी गर्नुको कारणमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरुको निवास तथा मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा विरोध प्रदर्शन हुँदा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्नु रहेको जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्