क्रिकेटखेल

प्रधानमन्त्री कप क्रिकेटमा गण्डकीको पहिलो जित, कर्णाली चार विकेटले पराजित

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो जित दर्ता गरेको छ । मंगलबार भएको खेलमा कर्णाली प्रदेशलाई चार विकेटले पराजित गर्दै गण्डकीले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।

प्रधानमन्त्री कप

दाङको देउखुरी क्रिकेट स्टेडियम लमहीमा भएको खेलमा टस हारेर पहिले ब्याटिंङ गरेको कर्णाली २७ दशमलव २ ओभरमा ९१ रनमा समेटियो । कर्णालीको लागि लागि विपिन शाहीले २०, अर्जुन घर्तीले १७, विपिन रावलले १५ र हिमान्शु शाहीले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

गण्डकीका लागि चन्द्र पौडेल, सुवास भण्डारी र विपिन खत्रीले समान दुई-दुई विकेट लिए भने सन्दीप पराजुली र अमृत गुरुङको भागमा समान एक-एक विकेट रह्यो । कर्णालीले प्रस्तुत गरेको ९२ रनको लक्ष्य गण्डकीले २९.१ ओभरमा छ विकेट गुमाउँदै पूरा गर्यो ।

गण्डकीका लागि दीपक डुम्रेले ७८ बलमा सात चौकाको मद्दले अविजित रहँदै ५० रनको अर्धशतकीय पारी खेले भने सुजन गौतम २२ रनमा अविजित रहे । दीपक र सुजनबीच सातौं विकेटका लागि अविजित ७३ रनको साझेदारी गरे । कर्णालीका लागि दिवान पुनले तीन, विकेट लिए भने दीपेन्द्र रावतले दुई विकेट लिंदा युनिशविक्रम ठकुरीको भागमा एक विकेट रह्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.