आठ महिनायताको शासकीय शैलीबाट उत्पन्न असन्तोष राजावादीहरुको प्रदर्शन
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्र पुनस्थापनाको सपना देख्न डराएकाहरु आज सडकमै ओर्लिएर ‘सडकबाटै राजतन्त्र पुनस्थापनाको चुनौती दिनुका पछाडि कुशासन रहेको बताउनुभएको छ ।

मंगलबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले पछिल्ला ८ महिनामा सत्तामा रहेका पार्टीले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै यसको मूल कारण रहेको पनि बताउनुभयो ।
अध्यक्ष प्रचण्डले राजावादीको प्रदर्शनमा देशभित्र र बाहिरका चलखेल पनि मिसिएको बताउँदै नेपालमा यस्ता चलखेल हिजो पनि थिए, अस्ति पनि थिए । अहिले अचानक वृद्धि किन भयो प्रश्न छ भन्दै उपरोक्त धारणा राख्नुभएको हो ।
प्रमुख प्रतिक्षी दलका नेता समेत रहनुभएका अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षी दलको नेता संसदको रोष्टममा उभिएर बोल्दा प्रधानमन्त्री निरन्तर उपस्थित नहुनु लोकतन्त्रको अवमूल्य भएको पनि बताउनुभएको छ ।
यसै गरी अध्यक्ष प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद निलम्बनप्रति असन्तुष्टि व्यक्त गर्दै प्रमुख प्रतिपक्षी दलको नेता संसदमा सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित नहुने र अर्का नेतालाई नलम्बनमा राखेर संसदीय पद्धतिकै उपहास गरेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्