राजनीति

मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक स्थगित

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित गर्नुभएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा सरकारका प्रतिनिधि नभएको भन्दै आपत्ति जनाएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको हो ।

सचेतक पाण्डेले ससरकारका प्रतिनिधि बैठकमा उपस्थित नभएको भन्दै आपत्ति जनाउनुभएको थियो । त्यसपछि सभामुख घिमिरेले नियमावलीमा भएको व्यवस्थाअनुरुप सरकारको प्रतिनिधि अनिवार्य उपस्थित हुनुपर्ने भन्दै बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको हो ।

संसद बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य मानिन्छ । एकजना पनि मन्त्री उपस्थित नभए संसद बैठक नबस्ने नियमावलीमा व्यवस्था छ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.