जन सरोकार
मृत अवस्थामा चार जना फेला
देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । गोरखा, सिरानचोक गाउँपालिका-७ घर भई पालुङटार नगरपालिका-१ पाउरोटी भण्डार डेरा गरी बस्ने ४९ वर्षीय तुल बहादुर तामाङ सोही ठाउँस्थित कटेरोमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै सप्तरी, शम्भुनाथ नगरपालिका-१२ डेढहवा पोखरीस्थित हटियाको टहरामा सोही नगरपालिका-१० जमुवा टोल बस्ने २० वर्षीय सत्य नारायण साह बुधबार मृत अवस्थामा फेला परेका छन् । यस्तै धनकुटा, छथर जोरपाटी गाउँपालिका-२ फलैचामा सोही गाउँपालिका गुरङटोल बस्ने ३८ वर्षीय खेम बहादुर दर्लामी मगर बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यता काभ्रे, पनौती नगरपालिका-८ खरिबोट बस्ने ३२ वर्षीय दिपक हुमागाई आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्