क्रिकेटखेल

ललितको उत्कृष्ट बलिङमा एपिएफले दियो पुलिसलाई ९५ रनको लक्ष्य

ललित नारायण राजवंशीको उत्कृष्ट बलिङ गरेसंगै दाङ र रुपन्देहीमा जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत विभागीय टिम एपिएफले अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई जितको लागि ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दांङको लमहीस्थित देउखुरी क्रकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिंङ गरेको एपिएफ २७ दशमलव ४ ओभरमा ९४ रनमा अलआउट भयो । एपिएफको लाही सन्दीप जोराले २६ रन बनाए भने लोकेन बमले २२ रन जोडे । त्यस्तै आसिफ शेख र अमरसिंह रौटेलाले समान १०-१० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पुलिसको लागि ललित नारायण राजवंशीले सात दशमलव ४ ओभरमा तीन मेडन राख्दै १८ रन खर्चिएर छ विकेट लिए भने कारण केसी, गुलशन झा, कुशल भुर्तेल र सागर ढकालको भागमा समान एक-एक विकेट रह्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.