क्रिकेटखेल

रोमञ्चकताले भरिएको खेलमा पुलिस क्लब दुई विकेटले विजयी

दाङ र रुपन्देहीमा जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लबले लगातार तेस्रो जित हासिल गरेको छ । शुक्रबार भएको रोमञ्चकताले भरिएको खेलमा पुलिसले विभागीय टोली एपिएफलाई दुई विकेटले पराजित गरेको हो ।

दाङको लमहीस्थित देउखुरी क्रकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिंङ गरेको एपिएफ २७ दशमलव ४ ओभरमा ९४ रनमा अलआउट भयो । एपिएफको लाही सन्दीप जोराले २६ रन बनाए भने लोकेन बमले २२ रन जोडे । त्यस्तै आसिफ शेख र अमरसिंह रौटेलाले समान १०-१० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पुलिसको लागि ललित नारायण राजवंशीले सात दशमलव ४ ओभरमा तीन मेडन राख्दै १८ रन खर्चिएर छ विकेट लिए भने कारण केसी, गुलशन झा, कुशल भुर्तेल र सागर ढकालको भागमा समान एक-एक विकेट रह्यो । एपिएफले प्रस्तुत गरेको ९५ रनको लक्ष्य लिएर मैदान उत्रेको पुलिसले २६ दशमलव दुई ओभरमा आठ विकेट गुमाएर पूरा गर्यो ।

पुलिसको लागि कुशल भुर्तेलले ३१ रन बनाए भने गुलसन झा १२ रनमा अविजित रहे । यस्तै अर्जुन साउदले ११ रन जोड्दा रसिद खानले १० रन बनाए । लगातार विकेट झरेपछि पुलिस दबाब परेको थियो । एपिएफको लागि भुवन कार्कीले तीन विकेट लिए भने अभिषेक गौतम र रोहित पौडेलले समान दुई-दूइ विकेट लिंदा कमल कमल ऐरीको भागमा एक विकेट रह्यो ।

जितसंगै पुलिसले तीन खेलमा छ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ समान खेलमा चार अंक जोडेको एपिएफ तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.