जन सरोकार
१० वर्षीया बालिका बलात्कारको आरोपमा सशस्त्रका सई पक्राउ
महोत्तरीको लोहारपट्टी नगरपालिका-४ का १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् ।

महोत्तरीको रेल्वे स्टेशनस्थित सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पमा कार्यरत प्रहरी नायब निरीक्षक धर्मेन्द्र सिंह महतोलाई बालिका बलात्कार आरोपमा पक्राउ गरिएको महोत्तरीका एसपी नकुल पोखरेलले जानकारी दिनुभयो ।
घटना सार्वजनिक भएपछि स्थानीयले नाराबाजी गर्दै बेस क्याम्प घेराउ गरेका थिए । बेस क्याम्प घेराउ गरेपछि आरोपी महतोलाई सशस्त्र प्रहरीले नै पक्राउ गरेर अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाएको छ ।
प्रतिक्रिया राख्नुहोस्