जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं, नुवाकोट, बारा, सुनसरी र दाङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-१ सुन्दरीजल बिपिचोकमा बा.५ ख ११६८ नम्बरको टिपरले टुचिन लगाई गोकर्णतर्फ तान्दै ल्याउँदै गरेको बा.१२ च २६९७ नम्बरको बोलेरो गाडीमा बा.४८ प ३६४० नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक कागेश्‍वरी मनोहरा नगरपालिका-१ सानीटारी बस्ने ३७ वर्षीय अनुज ढकालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले टिपर र बलेरो गाडीका चालकलाई नियन्त्रणमा लिएको छ । त्यस्तै नुवाकोट, बिदुर नगरपालिका-४ सिचाईस्थित भित्री सडकमा बट्टारबाट दानसिङतर्फ जाँदै गरेको बा.४६ प ८२५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा चालक तार्केश्वर गाउँपालिका-१ दानसिङ बस्ने ३२ वर्षीय चतुर तामाङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै बारा, कोल्हबी नगरपालिका-१ जमुनी खोला पुल नजिक सडकमा सपहीबाट कोल्हबीतर्फ आउँदै गरेको ग.८ प ७८११ नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक कोल्हबी नगरपालिका-१ बस्ने ३० वर्षीय घनश्याम पनुहरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बायोद्या अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । उता सुनसरी, इटहरी उपमहानगरपालिका-८ कर कार्यालयस्थित सडकमा इटहरीबाट दुहवीतर्फ जाँदै गरेको प्र.१ ०२-०४८ प ३८७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक दुहवी नगरपालिका-१२ बस्ने २५ वर्षीय पुरन चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट नर्सिंङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यता दाङ, राप्ती गाउँपालिका-४ मौरीघाटस्थित सडकमा ग.६ प ९४३० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-४ पिपरखुट्टी बस्ने २२ वर्षीया पार्वती नेपालीकी छोरी ६ महिनाको एन्जल नेपालीको शुक्रबार बेलुकी मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी पार्वतीको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.