जन सरोकार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काभ्रे बेथानचोक गाउँपालिका-६ सिउँरानी घर भएका ३६ वर्षीय बाबु लामालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत भक्तपुरको २०७५ भदौ ३ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले झापा मेची नगरपालिका-६ काँकडभिट्टा एरियाबाट पक्राउ गरेको हो ।
भक्तपुर मध्यपुर थिमी नगरपालिका-१६ स्थित नरेफाँटमा २०६६ मंसिर २६ गते राति बा.१ ज ९१४ नम्बरका ट्याक्सी चालक काभ्रे रोसी गाउँपालिका-४ लेम्बाबेसी घर भएका २५ वर्षीय मेघ बहादुर तामाङको हत्या गरी नगद र मोबाइल समेत लुटपाट गरेको घटनामा संलग्न लामालाई जिल्ला अदालत भक्तपुरबाट उक्त सजाय ठहर भएको थियो । उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत भक्तपुर पठाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्