जन सरोकार
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दोलखा मेलुङ गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-६ बस्ने ४९ वर्षीय कुयाङछुयाङ दोर्जे लामालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं अनामनगरबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्