जन सरोकार
सुन पसल लुटिएपछि सुरक्षा माग्दै व्यापारी सडकमा
गत शनिबार राति महोत्तरीको बलवा नगरपालिका ३ पडौल बजारस्थित शिवशान्ति ज्वेलर्समा जीप चढेर आएका समूहले लुटपाट भएपछि सुरक्षा माग्दै व्यापारीले बजार बन्द गरी सडकमा निस्किएका छन् ।

पसल सञ्चालक अरुणकुमार साहका अनुसार जीप चढेर आएका लुटेराहरूले २० तोला सुन, १ लाख ५० हजार नगद, लकर र क्यामराको हार्डडिस्क समेत लगेका छन् ।
सुन पसल लुट्न जीप चढेर ५ जना लुटेरा आएका थिए । उनीहरू बर्दिबासतर्फ भागेको अन्य पसलको सीसीटीभी क्यामेरामा कैद भएको छ ।
प्रहरी प्रशासनले सुरक्षा दिन नसकेको भन्दै व्यापारीले बजार बन्द गरेका छन् । सडकमा टायर बालेर उनीहरू प्रदर्शनमा उत्रिएका छन् ।
प्रतिक्रिया राख्नुहोस्