जन सरोकार

गौदानको नाममा जिउँदै गाईलाई नदीमा बगाइयो (भिडियोसहित )

बाजुरा, जगनाथ गाउँपालिका वडा नम्बर ६ काप्रेमा परम्पराको नाममा जिउँदै गाईलाई ढुंगाले हान्दै निर्ममतापूर्वक नदीमा बगाइएको छ । मृत आत्माले शान्ति पाउँछ भन्ने मान्यता राख्दै नदीको किनारमा दुई दर्जनजति मान्छे भेला भएर एउटा कालो रङको गाईलाई कुटीकुटी नदीमा लखेट्छन् ।

गाई नदीमा जान डराउँछ, जति कुटेपनि किनारतिरै फर्किन खोज्छ । तर त्यहाँ भेला भएका गाईलाई ढुंगा, डोरी र लौरोले यति धेरै पिट्छन् कि त्यसको पीडा सहन नसकी गाई नदीमा पुग्छ र नदीको बेगसँगै बग्न थाल्छ।

स्थानीय साउने सार्की नामक व्यक्ति मृत्यु भएपछि दाहसंस्कार लागि मलामी गएका व्यक्तिले यस्तो कार्य गरेका थिए । परम्पराको नाममा बाजुरामा पहिलेदेखि नै यस्ता कार्य हुँदै आएको स्थानीय बताउँछन् । गौदानको नाममा जिउँदै गाईलाई नदीमा लखेटेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

यो विषयमा चैत ४ गते बसेको प्रतिनिधि सभाको बैठकमा पनि आवाज उठेको छ ।

भिडियो –

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.