राजनीति
दीपक थापालाई नेपाल प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय
मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको ३१ औं महानिरीक्षक पदमा प्रमुखमा दीपक थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रहरी प्रमुख बन्नका लागि थापासँगै एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको बैठकले थापालाई प्रहरी अतिरिक्त महानिरीक्षकबाट प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । त्यसै गरी बैठकले राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशकमा दिनेश भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्