राजनीति

प्रकाशमान सिंह नेतृत्वको शहरी विकास मन्त्रालयको खर्च अठार प्रतिशत

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्व गर्नुभएको शहरी विकास मन्त्रालयको चालू आर्थिक वर्षको आठ महिनामा १७.९३ प्रतिशत बजेट खर्च गरेको छ ।

मंगलबार मन्त्रालयले पत्रकार सम्मेलन गरेर ९१ अर्ब ३५ करोड २३ लाख बजेट विनियोजन भएकामा आठ महिनामा रु १२ अर्ब २४ करोड तीन लाख ८७ हजार खर्च भएको जानकारी दिएको हो ।

मन्त्रालयका निम्ति सङ्घतर्फ रु. ६८ अर्ब २५ करोड ८३ लाख ३९ हजार रचालुतर्फ रु चार अर्ब ४२ करोड ३८ लाख २३ हजार र पुँजीगततर्फ रु ६३ अर्ब ८३ करोड ४५ लाख १६ हजार छुट्याइएको थियो ।

हालसम्म चालुतर्फको खर्च २५ दशमलव २३ प्रतिशत भएको छ भने पुँजीगततर्फको खर्च १७ दशमलव ४३ प्रतिशत रहेको छ । चालु आवमा शहरी विकास मन्त्रालय (सङ्घीय कार्यालय)बाट कार्यान्वयन हुने तीन हजार ७१६ वटा नयाँ कार्यक्रममध्ये जम्मा एक हजार ६२३ वटा कार्यक्रमको बोलपत्र आह्वान भएको छ ।

बोलपत्र आह्वान भएका एक हजार ६२३ वटा कार्यक्रममध्ये पनि एक हजार ९८ वटा कार्यक्रमको ठेक्का सम्झौता भएको छभने १२४ वटा पूरा भएका छन् । यसै गरी, बाँकी दुई हजार ९३ वटा कार्यक्रममध्ये २८८ वटा कार्यक्रम बहुवर्षीय स्वीकृतिका लागि प्रस्तावित कार्यक्रम हुन् ।

मन्त्रालयका प्रवक्ता नारायण मैनालीका अनुसार एक हजार ४५९ वटा पुराना ९क्रमागत तथा बहुवर्षीय स्वीकृत कार्यक्रम०मध्ये चालु आवमा जम्मा २८० वटा कार्यक्रम सम्पन्न भइसकेका छन् । त्यसै गरी, ३३० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य रहेकामा हालसम्म १६२ वटा निर्माण सम्पन्न भएका छन् ।

यसैवर्ष संविधान दिवसका दिनदेखि आगन्तुकका निम्ति खुला गरिएको धरहराको अवलोकन एक लाख ३० हजारभन्दा बढीले गरेका र त्यसबाट रु दुई करोड ३७ लाख राजस्व सङ्कलन भएको उक्त मन्त्रालयले जानाकारी गराएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.