अर्थ
सुनको मूल्यमा पुन: नयाँ रेकर्ड, आज कति पुग्यो तोलाको ?
स्थानीय बजारमा सुनको मूल्यमा पुन: रेकर्ड कायम गरेको छ । आज तोलामा रु आठ सयले बढ्दै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार तोलामा रु एक लाख ७५ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ७६ हजार निर्धारण भएको छ ।
यसअघि सुनको मूल्य एक लाख ७५ हजार २०० रुपैयाँको रेकर्ड थियो । उक्त रेकर्ड पनि तोडेर अहिले मूल्य उच्च बन्न पुगेको हो । यस्तै चाँदीको मूल्य भने तोलामा रु ५ ले घटेको छ ।
मंगलबार प्रतितोला रु दुई हजार ५० मा कारोबार भएको चाँदी आजका लागि भने रु दुई हजार ४५ निर्धारण भएको छ ।
प्रतिक्रिया राख्नुहोस्