छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
सर्लाही, रौतहट, बारा, मोरङ, ललितपुर र म्याग्दीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । सर्लाही, ईश्वरपुर नगरपालिका-४ खोकनाजंगलस्थित सडकमा प्रदेश२-०३-०१४ प १६८४ नम्बरको मोटरसाइकललाई प्रदेश २-०२-००१ त ८२१ नम्बरको ट्याक्टरले मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-४ शान्ती टोल बस्ने ६४ वर्षीय दान बहादुर कार्कीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बयलबासस्थित अमृत हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी सर्लाही, बलरा नगरपालिका-११ छतौनास्थित सडकमा प्र.२-०३-०१८ प ३२०६ नम्बरको मोटरसाइकल र प्र. ०२-००६ प ००६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा प्र.२-०३-०१८ प ३२०६ नम्बरको मोटरसाइकलमा सवार रौतहट दुर्गा भगवती गाउँपालिका-५ बस्ने ४६ वर्षीय नरेश प्रसाद जयसवालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका प्र.२-०३-०१८ प ३२०६ नम्बरको मोटरसाइकलमा सवार १ जनाको वयोधा अस्पताल वीरगंजमा उपचार भइरहेको छ । प्र. ०२-००६ प ००६ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै रौतहट, राजपुर नगरपालिका-१ पिपरा भगवानपुरस्थित सडकमा म.प्र.०३-००१ ह २११९ को इ-रिक्सा र बिआर ३० एम ९८७१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक गौर नगरपालिका-९ सिरसिया टोल बस्ने शेख जमालदिनको छोरा १४ वर्षीय शेख ज्याउलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मधेश जनसेवा हस्पिटल प्रालि हर्नैया बारामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार इ-रिक्सा चालकको प्रहरीले खोजी गरिरहेको छ । यस्तै बारा, जीतपुरसिमरा उपमहानगरपालिका-७ केराढोकास्थित सडकमा ना.६३ प १६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक पर्सा वीरगंज महानगरपालिका-३ बस्ने ४२ वर्षीय नाशिर अलिमंसुरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । उता मोरङ, उर्लाबारी नगरपालिका-३ नयाँ मङ्गलबारेस्थित सडकमा बा.९३ प ४३६४ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हँदा चालक सोही नगरपालिका-८ बस्ने अन्दाजी २८ वर्षीय मनिष लिम्बुको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो हस्पिटल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । यता ललितपुर, बाग्मती गाउँपालिका-३ माझखोलास्थित सडकमा बा.२० च ७८७४ नम्बरको गाडी अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा सहचालक धनुषा घर भएका ३२ वर्षीय मनोज सुनुवारको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडी चालकको सोही अस्पालमा उपचार भइरहेको छ । यसैगरी म्याग्दी, मालिका गाउँपालिका-४ सुङ्ग्रे पानीस्थित सडकमा ग.१ ज ५६१२ नम्बरको जिप अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा जिपमा सवार सोही गाउँपालिका-४ चिउरीबोट बस्ने ३१ वर्षीय नगेन्द्र रसाईलीको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका जिप चालक समेत ४ जनाको दरबाङ आधारभुत अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिहेको छ ।
प्रतिक्रिया राख्नुहोस्