इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा पञ्जाब किंग्सले विजयी सुरुवात गरेको छ । मंगलबार राति भएको खेलमा पञ्जाबले गुजरात टाइटन्समाथि ११ रनको जित हासिल गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

गुजरातको घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ४३ रन बनाएको थियो । पञ्जाबका लागि कप्तान श्रेयस एय्यरले ४२ बलको सामना गर्दै ५ चौका र ९ छक्काको मद्दतमा अविजित रहँदै ९७ रनको अर्धशतकीय पारी खेले भने शंशाक सिंहले १६ बलमा ६ चौका र २ छक्कासहित ४४ रनमा नट आउट रहे ।
त्यस्तै प्रियन्स अर्याले ४७ रन जोड्दा मार्कुस स्टोइनिसले २० रन बनाए । गुजरातका लागि साइ किशोरले तीन विकेट लिए भने राशिद खान र कागिसो रबाडाको भागमा समान एक-एक विकेट रह्यो । पञ्जाबले प्रस्तुत गरेको २ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २ सय ३२ रन मात्र बनायो ।
गुजरातका लागि ४१ बलमा ५ चौका र ६ छक्कासहित सर्वाधिक ७४ रनको अर्धशतकीय पारी खेले भने जोस बटलरले ३३ बलमा ४ चौका र २ छक्कासहित ५४ रनको अर्धशतकीय इनिङ खेले । यस्तै सर्फान रुथफोर्डले ४६ रन बनाए । पञ्जाबका लागि अर्शदीप सिंहले दुई विकेट लिए भने मार्को जासेन र ग्लेन म्याक्सवेलको भागमा समान एक-एक विकेट रह्यो ।
प्रतियोगिता अन्तर्गज आज राजस्थानको घरेलु मैदान गुवाहाटीमा राति ७:४५बजे राजस्थान रोयल्स कोलकाता नाइट राइडर्स भिड्दै छन् ।
प्रतिक्रिया राख्नुहोस्