राजनीति

विपक्षीले संसद अबरोध गरिरहँदा सत्तापक्ष बालुवाटारमा व्यस्त

बुधबार प्रतिनिधिसभाको बैठक आरम्भ हुनासाथ विपक्षी दलकका सांसदले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेका विषयमा प्रधानमन्त्रीसंग जवाफ माग गर्दै सदन अबरुद्ध गरे ।

झण्डै एक हप्तापछि बसेकको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न प्रस्तावहरु पेश गर्ने कार्यतालिका थियो । तर, प्रधानमन्त्री उपस्थित हुनुभएन ।

संसदमा प्रधानमन्त्री मात्र होइन, सत्तापक्षका प्रमुख सचेतकहरु पनि अनुस्थित थिए । विपक्षीले अबरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले सदन आधा घण्टाका लागि सभा स्थगित गरे पनि दुई घण्टासम्म बैठक चल्न सकेको छैन ।

सदन सुसंचालनका लागि सत्तापक्षले कुनै चासो देखाएको छैन । कलमानलाई बर्खास्त गरेपछि उत्पन्न परिस्थितिका कारण सरकारले सदनको सामना गर्न हच्किएको छ ।

सरकारबाट प्रस्ताव पेश गर्ने कार्यतालिका भए पनि त्यसलाई छाडेर सत्तारुढ दलहरू भने प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएर गलत अभ्यासको संकेत दिएको आम टिप्पणी रहेको छ ।

प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा आधा घण्टा ढिला सुरु भए पनि सत्तापक्षका शीर्ष नेताहरू संसद् भवनभित्र थिएनन् । उनीहरू बालुवाटारमा सत्तापक्षको बैठकमा थिए ।

शीर्ष नेताहरू मात्रै नभएर संसद् बैठक सञ्चालनका लागि सहजीकरण गर्ने जिम्मेवारीमा रहेका प्रमुख सचेतकहरू समेत बालुवाटारमै थिए ।

विपक्षीले सदन अबरुद्ध गरेपछि बैठकका लागि वातावरण बनाउन सभामुखले आधा घण्टा स्थगित गर्नुभयो । तर, सत्तापक्षकै प्रमुख सचेतक नै संसदमा थिएनन् ।

बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा सहितका शीर्ष नेताहरू उपस्थित रहेको छ ।

विपक्षी दलहरुले बैठक अबरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले जवाफका लागि प्रधानमन्त्रीलाई सूचना दिनुपर्ने भन्दै विपक्षीलाई सम्झाउन खोजे त्यसो सफल भएन ।

बुधबारको बैठकमा प्रधानमन्त्रीबाट प्रस्ताव पेश हुने तालिका थियो र प्रधानमन्त्री समयमै सदनमा उपस्थित हुनुपर्नेमा सत्तापक्षका प्रमुख सचेतकहरु पनि बालुवाटारमै थिए ।

बालुवाटारमा जारी सत्तापक्षको बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राई लगायतका नेताहरू सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.