राजनीति

प्रधानमन्त्रीसंग जवाफ माग्दै राष्ट्रियसभा बैठक अबरुद्ध

राष्ट्रियसभाका प्रतिपक्ष दलहरुले नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई हटाउनुपर्ने कारणबारे प्रधानमन्त्रीले सभालाई जानकारी गराउनुपर्ने माग राख्दै बैठक अबरुद्ध गरेका छन् ।

प्रतिपक्ष दलका सांसदहरुले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएकोप्रति विरोध जनाउँदै बैठक अवरुद्ध गरेका हुन् ।

सांसद गोपीबहादुर सार्की अछामीले भन्नुभयो, “कुलमान घिसिङको प्राधिकरणमा सेवा अवधि पनि धेरै थिएन, मात्रै चार महिना सेवा अवधि बाँकी थियो, चार महिना मात्रै सेवा अवधि हुँदै गर्दा घिसिङलाई हटाउनुपर्ने त्यस्तो के बाध्यता आइलाग्यो सरकारलाई ?”

लोडसेडिङ हटाएबापत पुरस्कृत गर्नुपर्ने कार्यकारी निर्देशक घिसिङलाई पदबाट हटाएको सांसद अछामीको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.