अर्थ

एक हजार तीन सयले बढ्यो सुनको मूल्य, आज कति छ तोलाको ?

स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज प्रतितोला सुनको मूल्य रु एक हजार तीन सयले र चाँदीको ३० रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला रु एक लाख ७३ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आजका लागि रु एक लाख ७४ हजार आठ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि ३० रुपैयाँ बढ्दै प्रतितोला रु दुई हजार २० मा किनबेच हुँदैछ । बुधबार चाँदीको मूल्य तोलामा एक हजार ९९० रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.