गणतन्त्रका लागि राजा ज्ञानेन्द्र, गिरिजाप्रसाद र आफूले सम्झौता गरेको अध्यक्ष नेपालको खुलासा
पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन समयमा गणतन्त्रका लागि राजा ज्ञानेन्द्र, स्व. गिरिजाप्रसाद कोइराला र आफूले सम्झौता गरेको खुलासा गर्नुभएको छ ।

राजा र दलहरुबीच गोप्य सहमति भएको र त्यो सहमति दलहरुले पालना नगरेकको आरोप लागिरहेका बेला चैत्र १५ गतेको प्रदर्शनपछि दलका नेताहरुले राजाले सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् ।
यस्तो अवस्थामा अध्यक्ष नेपालले आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले गणतन्त्र ल्याउने सहमति गरेको बताउनुभएको हो ।
पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) बागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गणतन्त्रमा जाने आफूहरुको सहमतिपछि मात्रत्रै माओवादी अध्यक्ष प्रचण्ड मिसिएको जानकारी दिनुभयो ।
उहाँले कोइराला र आफूले नै सबै सहमति गरेको र तत्कालीन राजा ज्ञानेन्द्रले सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष नेपालले चैत्र १५ गतेको घटनापछि देशमा राजतन्त्र पुनःस्थापनाका बहस चर्को रहे पनि पूर्वराजा ज्ञानेन्द्र शाहका सचिवले अहिले राजा फर्काउने कुरा नभएको र राजाको इच्छा पनि नरहेको कुरा भनेको आफूले सुनेको बताउनुभयो ।
अध्यक्ष नेपालले भन्नुभयो, “अहिले राजा फर्काउने कुरा छैन, पूर्वराजाको इच्छा पनि होइन भनेपछि मन शान्त भएको बताउँदै भन्नुभयो, यदि त्यसो हो भने म पूर्वराजा ज्ञानेन्द्रलाई धन्यवाद दिन चाहन्छु । राजनीति गर्नु छ भने पार्टी खोल्नूस् । जनताको बीचमा जानूस् । बहुमत ल्याउनूस् । देश र जनताको कल्याण गर्नुहुन्छ भने खुसीकै कुरो हो ।”
प्रतिक्रिया राख्नुहोस्