जन सरोकार

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

संखुवासभा र कैलालीबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा संखुवासभा, खाँदबारी नगरपालिका-८ बस्ने २५ वर्षीय नवराज कट्टेललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कट्टेलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलाली, धनगढी उपमहानगरपालिका-२ कृष्णनगर बस्ने २४ वर्षीय शिवम साहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

साहले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.